गण्डकी प्रदेशमा आज थप १७ जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशमा आज थप १७ जनामा कोरोना पुष्टि


२४ जेष्ठ, कास्की । गण्डकी प्रदेशमा आज थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थपिएका नयाँ संक्रमितहरु स्याङ्जाका १०, कास्कीका ३, पूर्वीनवलपरासीमा ३ जना र बागलुङमा १ जना रहेका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय रामघाट पोखराका अनुसार स्याङ्जाको वालिङ नगरपालिकाका १६ देखि ५४ वर्षसम्मका ८ जना पुरुष र हरिनास नगरपालिकाका १८ र ४० वर्षका दुई जना पुरुष, कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ वर्षका पुरुष तथा पोखरा महानगरपालिकाका ५९ वर्षका पुरुषमा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, नवलपरासीको बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिकामा १८, १९ र २७ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु सबै बिभिन्न समयमा भारतबाट आएकाहरु रहेका छन् ।

संक्रमित सबैलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लगिएकाताईएको छ ।

अध्यावधिक विवरण अनुसार अब गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको संख्या ७५ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्रा डा. विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर