२३ जेष्ठ, काठमाण्डौँ । सपरिवार सहित गाडीबाटै नेपाल आईपुगेकी बलिउड अभिनेत्री मनिषा कोइराला १४ दिनका लागि क्वारेन्टिनमा बस्न थालेकी छिन् । उनी घरमै क्वारेन्टाइनमा बसेकी छन् । उनी भारतको मुम्बईमा बस्दै आएकी थिईन ।
उनी रुपन्देहीको बेलहिया नाका हुँदै काठमाडौं आएकी हुन् ।
नेपाल आईकन उनले आफ्नो सहित आमा र वुवाको पिसिआर प्रविधीबाट कोरोना परीक्षण गराएकी छिन् । उनीहरु तीनै जनाको रिपोर्ट नेगेटिभ आएको मनिषाले जानकारी गराएकी छिन् ।
तर, अन्तर्राष्ट्रिय मापदण्डअनुसार १४ दिन क्वारेन्टाइन बस्नु पर्ने भएकाले उनीहरु सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।