पोखरालाई वातावरणमैत्री रूपमा विकास गर्न मुख्यमन्त्री गुरुङको जोड

पोखरालाई वातावरणमैत्री रूपमा विकास गर्न मुख्यमन्त्री गुरुङको जोड

२३ जेष्ठ, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटकीय नगरी पोखरालाई उद्यानको शहरका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।

४७औँ विश्व वातावरण दिवसको अवसरमा पोखरा महानगरपालिका वडा नं ३, ४ र ९ को सङ्गमस्थल पालिखेचोकमा निर्मित उद्यानमा आयोजित कार्यक्रममा उहाँले पोखराको वातावरणमैत्री विकास आवश्यक रहेको बताउनुभएको हो ।

पोखराको मनोरम प्राकृतिक सौन्दर्यता यहाँको वातावरणीय स्वच्छताको उपजसमेत रहेको बताउँदै उहाँले वातावरण संरक्षण गर्दै पर्यापर्यटनको विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पोखराको सुन्दरतालाई भावी पुस्तासम्म पुर्याउनका लागि पनि वातावरण संरक्षणको विकल्प नभएको उल्लेख गर्दै उहाँले सबैको सामूहिक प्रयासमा यसको संरक्षण र विकास गर्नुपर्ने धारणा राख्नुभयो ।

मुलुककै पर्यटकीय राजधानीका रूपमा रहेको पोखरामा फराकिला सडक, पार्क निर्माणमा सामूहिक प्रयासको खाँचो औँल्याउँदै उहाँले त्यस्ता विकास निर्माणमा सरकार निर्मम भएर लाग्नुपर्नेमा जोड दिनुभयो । पोखरामा अन्तर्राष्ट्रियस्तरको सेमिनार हल निर्माण गर्नका लागि जग्गाको खोजी भइरहेको उल्लेख गर्दै उहाँले त्यसका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारको सहकार्य आवश्यकता औँल्याउनुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले महानगरको सौन्दर्यकरण गर्ने उद्देश्यले सो स्थानलाई चक्दाबन्दी गर्न सफल भएको र महानगरले एक वर्षको अवधिमा परिणाम देखिने गरी काम गरिरहेको जानकारी दिनुभयो ।

पोखरा महानगरपालिका वडा नं ४ शङ्कर बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा महानगरका इञ्जीनियर बाबुराम भण्डारीले पार्क निर्माणका गतिविधिका बारेमा जानकारी दिनुभएको थियो ।

कार्यक्रममा सो स्थानमा रहेका घर हटाउन र जग्गा खरिदमा महानगरपालिकाले रु दुई करोड ७३ लाख र पार्क निर्माणमा रु ६३ हजार लगानी गरेको हो ।

यस्तै अर्को प्रसङगमा बोल्दै उहाँले कोरोना नियन्त्रण र रोकथामका लागी गण्डकी प्रदेश सरकारले २७ करोड ५८ लाख खर्च गरेको जानकारी दिनुभयो ।

प्रदेश सरकारले महानगरपालिकालाई एक करोड, नगरपालिकालाई १० लाख र गाउँपालिकालाई ५ लाख गरि ६ करोड ५० लाख स्थानीय तहलाई सेना, सशस्त्र प्रहरी र प्रहरीलाई पन्ध्र पन्ध्र लाख गरेर ४५ लाख, स्वास्थ्य सामाग्री खरिदमा ४५ लाख, एघार वटा जिल्ला प्रशासन कार्यालयमा एक करोड ४५ लाख, जिल्ला अस्पतालहरुमा गाडी खरिदको लागि चार करोड ९५ लाख, गोरखा र बाग्लुङ जिल्ला अस्पताल बाहेक अन्य जिल्ला अस्पतालको पूर्वाधार विकासका लागि १३ करोड ७८ लाख उपलब्ध गराएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270