२० जेष्ठ, सुनसरी । सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन ।
स्वास्थ्य मन्त्रालयको प्रोटोकल अनुसार दुई पटक पिसिआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनीहरुलाई डिस्चार्ज दिईएको प्रतिष्ठानका निर्देशक डा. गौरीशंकर शाह ले बताउनुभयो ।
निको भएर घर फर्किएकाहरुमा १ जना धरान १३ की महिला रहेकी छिन्न् भने अन्य सबै झापा जिल्ला का रहेका छन् ।
उनीहरुलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रतिष्ठानका निर्देशक डा. गौरीशंकर शाह, सहायक निर्देशक डा. विकास शसाह, मेट्रोन उपेन्द्र यादव र फोकल पर्सन डा. इन्द्र लिम्बु लगायतले विदाई गरेका थिए ।
वीपी प्रतिष्ठानको आइसोलेसनमा अहिले ८० जना संक्रमित व्यक्तिहरु उपचाचरत रहेका छन ।