१६ जेष्ठ, काठमाण्डौँ । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट चीनमा भन्दा धेरै मानिसको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट चार हजार ७ सय ६ जनाको मृत्यु भएको छ । चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चार हजार ६३८ जनाको मृत्यु भएको छ ।
भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि एक लाख ६५ हजार ७९९ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका सात हजार ४६६ नयाँ संक्रमित फेला परेका छन् । एकैदिन भेटिएका नयाँ संक्रमितको यो संख्या भारतको लागि अहिलेसम्मकै उच्च हो ।
चीनको ऊहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वभर फैलिएको बेला चीनले भने कोरोना संक्रमण करिब नियन्त्रणमा लिएको छ ।
वल्र्डमिटर इन्फोका अनुसार चीनमा अहिलेसम्म ८२ हजार ९ सय ९५ जनामा संक्रमण देखिएकोमा अब ७० जनामा मात्र कोरोना भाइरस सक्रिय रहेको छ । चीनमा संक्रमितमध्ये ७८ हजार २ सय ९१ जना निको भइसकेका छन् भने ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ । उनीहरुमध्ये ४ जना मात्र गम्भीर अवस्थाका विरामी छन् ।