प्रधानमन्त्रीलाई मुख्यमन्त्री राउतको पत्रः विशेष आर्थिक प्याकेज चाहियो

प्रधानमन्त्रीलाई मुख्यमन्त्री राउतको पत्रः विशेष आर्थिक प्याकेज चाहियो

१५ जेष्ठ, जनकपुर । प्रदेश–२ सरकारले विशेष आर्थिक प्याकेज उपलब्ध गराउन संघीय सरकारसँग आग्रह गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै विशेष आर्थिक प्याकेज उपलब्ध गराउन आग्रह गर्नुभएको छ । भारत सहित तेस्रो मुलुलकमा वैदेशिक रोजगारीमा रहेका प्रदेशका करिब १० लाख युवा स्वदेश फिर्ता हुन सक्ने भन्दै उनले युवा रोजगार कार्यक्रम, कृषि केन्द्रित विशेष योजनाका लागि विशेष आर्थिक प्याकेज उपलब्ध गराउन माग गरेका हुन् ।

साथै प्रदेश सरकारले मात्र खाद्यान्नसहित राहत उपलब्ध गराउन चुनौतीपूर्ण भएको भन्दै उहाँले संघीय सरकारबाट ठोस कार्यक्रम ल्याउन आग्रह गर्नुभएको छ ।

मुख्यमन्त्री राउतले कोरोना परीक्षणका लागि प्रदेश सरकारले तीन स्थानमा पीसीआर मेसिन सञ्चालनमा ल्याएपनि भिटिएमको अभावमा अपेक्षित परिक्षण गर्न नसकिएको भन्दै उनले किट, आवश्यक उपकरण, दक्ष जनशक्ति र स्वास्थ्य सामग्री उपलब्ध गराउन पनि प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको छ ।

‘प्रदेश सरकारले सिमापारीबाट आफ्ना नागरिक ल्याउन सुरू गरेपनि त्यसको व्यवस्थापन निकै चुनौतिपूर्ण बन्दै गएको छ,’ उहाँले लेख्नुभएको छ ‘छिटो भन्दा छिटो परीक्षणको संख्या बढाएर क्वारेन्टिनमा रहेका नागरिकको व्यवस्थापन गर्नुपर्ने भएकाले संघीय सरकारसँग दक्ष जनशक्ति, भिटिएम लगायतका उपकरण तथा स्वास्थ्य सामाग्री तत्काल उपलब्ध गराइदिन अनुरोध छ ।’

चिठिमा मुख्यमन्त्री राउतले भन्नुभएको छः ‘यस प्रदेशका करिब १० लाख जनशक्ति वैदेशिक रोजगारबाट फर्कन सक्ने संभावना रहेको छ । प्रदेशका जनताको जिविकोपार्जन माध्यम कृषि र कृषि भूमिको उपलब्धतालाई समेत विचार गरी प्रदेश यूवा रोजगार कार्यक्रम र कृषिमा विशेष उत्पादन अभियानका साथै राहत विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले प्रदेश २ का लागि विशेष आर्थिक प्याकेज उपलब्ध गराइदिनु हुन अनुरोध छ ।’

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270