लकडाउन थप्न सरकारलाई विज्ञहरुको सुझाव

लकडाउन थप्न सरकारलाई विज्ञहरुको सुझाव

२ जेष्ठ, काठमाण्डौँ । विज्ञहरुले सरकारलाई लकडाउन थप्न सुझाव दिएका छन् । आज (शुक्रबार) बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकमा जनस्वास्थ्य विज्ञहरुले लकडाउन नै कोरोनाविरुद्ध लड्ने मुख्य हतियार भएकोले यसलाई थप्नुपर्ने सुझाव दिएको जनाईएको छ ।

यसअघि बसेको समितिको अनौपचारिक बैठकले जापान र हङकङबाट छुट्टीमा नेपाल आएकालाई जान अनुमति दिने निर्णय गरेको छ । जापान र हङकङको भिसा भएकाहरूलाई जानको लागि अनुमति दिने निर्णय गरेको समितिका प्रवक्ता नारायणप्रसाद विडारीले जानकारी दिएका थिए ।

भारतमा रहेका नेपालीलाई स्वदेश ल्याउन कांग्रेसको मागः

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतको सीमामा आएर अलपत्र परेका नेपालीलाई तत्काल स्वदेश फर्काउनुपने भन्दै सरकारसँग आग्रह गरेको छ । शुक्रबार(आज) एक विज्ञप्ति जारी गर्दै कांग्रेसले सरकारसँग यीतो आग्रह गरेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कयौं दिनदेखि भारतसँगका विभिन्न सीमा नाकामा नेपाली अलपत्र अवस्थामा रहेकोले उनीहरुलाई तत्काल स्वदेश फर्काउन माग गरेका हुन् ।

उहाँकाअनुसार पछिल्लो २४ घन्टामा थप हजारौं नेपाली सीमा क्षेत्रमा आइपुगेका छन् । शर्माद्धारा जारी विज्ञप्तीमा भनिएको छ–‘भारत सरकारले रेल र बसमार्फतको सुविधा दिएपछि भारतको विभिन्न शहरबाट यसरी नाकामा आइपुगेका नेपालीलाई प्रवेश गराउनेबारे संघीय सरकारले प्रष्ट नीति तय गरेर निर्देशन जारी नगर्दा कतिपय नाकाबाट प्रवेश गराइएको विवरण प्राप्त छ भने कयौं नाकामा प्रवेश नपाएर नेपालीहरु अलपत्र स्थितिमा छन् ।’

प्रतिक्रिया:

सम्बन्धित खवर