३१ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ ।
प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका अध्यक्ष र पूर्वप्रधानमन्त्रीको सहभागिता रहेको छ । बैठकमा नेपाली भूमि लिपुलेक हुँदै भारतले बाटो बनाएपछि भारतसँग कसरी कुरा गर्ने भन्ने विषयमा प्रधानमन्त्रीले राय लिनुहुनेछ ।
पटक पटक कुटनीतिक नोट र वार्ताको लागि पत्र पठाउँदा पनि भारतले नटेरेपछि के गर्ने भने भन्नेबारेमा उहाँले सत्तापक्ष र विपक्षी दलका नेताहरुको धारणा लिनुहुनेछ ।
यस्तै पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा सरकारको भावी कदमबारे पनि बैठकमा छलफल हुने बताईएको छ ।
भारतले नेपाली भूमिमा सडक बनाएपछि नेपालमा भारतको चौतर्फी विरोध भैरहेको छ । संसदमा समेत अहिले यही विषय जोडदार रुपमा उठिरहेको छ । प्रधानमन्त्री ओलीले हिजोको मन्त्रिपरिषद बैठकमा भारतले लिपुलेकमा सडक बनाउँदै छ भन्ने कुरा यसअघि आफूलाई थाहा नभएको जनाउनुभएको थियो ।-file photo.