देश बिकासकाे लागि सबै एकजुट हुन नेता नेम्बाङकाे आग्रह

देश बिकासकाे लागि सबै एकजुट हुन नेता नेम्बाङकाे आग्रह

कतार । नेकपा एमालेका केन्द्रीय सदस्य युवा नेता सुहाङ नेम्बाङले नेपालकाे समृद्धि काे लागि स्वदेश र बिदेश सबै क्षेत्रबाट एकजुट भएर लाग्न अाग्रह गर्नुभएकाे छ ।
प्रवासी नेपाली मञ्च कतारकाे आठौ‌ राष्ट्रिय अधिवेसन, २०२६ काे उद्घाटन गर्दै नेता नेम्बाङले देशकाे बिकासकाे लागि प्रवासी नेपालीहरुकाे याेगदान प्रशंसनीय रहेकाे बताउनु भयाे ।

अधिवेसनमा प्रमुख अतिथिको रुपमा बाेल्दै उहाँले देश बिकास काे नेतृत्व गर्न नेकपा एमालेले थप पुनर्संरचना सहित पुनर्जागरण मा जुट्नुपर्ने बताउनु भयाे । प्रतिनिधिसभा सदस्य समेत रहनुभएका उहाँले देशमा बिध्यमान चुनाैतीहरुलार्इ चिर्न युवाहरुले बडि जाेड गर्नुपर्ने धारणा राख्नुभयाे ।

उहाले भन्नुभयाे, – विदेशमा रहेर पनि नेपालको विकास, समृद्धि र राष्ट्रिय हितमा यहाँहरूले पुर्‍याउँदै आउनुभएको योगदान अत्यन्त प्रशंसनीय छ।

कतारमा कार्यरत नेपाली श्रमिकहरूले आफ्नो मेहनत, पसिना र सीपमार्फत नेपालको अर्थतन्त्रलाई ठूलो योगदान पुर्‍याउँदै आउनुभएको उहाँकाे दाबि थियाे । नेम्बाङले भन्नुभयाे- प्रवासबाट जाने रेमिट्यान्सले लाखौँ नेपाली परिवारको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको छ। त्यसैले विदेशमा रहेका नेपाली श्रमिक केवल वैदेशिक रोजगारीमा रहेका नागरिक मात्र होइनन्, उनीहरू नेपालको आर्थिक विकासका महत्वपूर्ण साझेदार पनि हुन्।

त्यहाँ कार्यरत नेपाली श्रमिकहरूले भोग्दै आएका केही गम्भीर समस्या र चुनौतीहरूलाई पनि गम्भीरतापूर्वक सम्बोधन गर्न आवश्यक रहेकाे बताउनु भयाे ।

अधिवेसनमा नेम्वाङको आत्मीय शैलीले उपस्थितको मन जितेकाे थियाे ।

अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि नेम्वाङको आगमनसँगै कार्यक्रमस्थलमा विशेष उत्साह र आत्मीयताको वातावरण बनेको थियो।

औपचारिक स्वागत सम्पन्न भएपछि नेम्वाङ मञ्चमा सीमित नरही सिधै हलमा उपस्थित सहभागीहरूमाझ पुगेका थिए । उनले कार्यक्रममा उपस्थित प्रत्येक व्यक्तिसँग हात मिलाउँदै आत्मीय अभिवादन गरे । उनको यस सहज, सरल र आत्मीय व्यवहारले हलमा उपस्थित सबैलाई प्रभावित बनाएको थियो।

सहभागीहरूले पनि नेम्वाङसँग हात मिलाउँदै तस्बिर खिच्ने र संक्षिप्त संवाद गर्ने अवसर पाएका थिए। उद्घाटन सत्रको यो दृश्य अधिवेशनकै सबैभन्दा स्मरणीय र आकर्षक क्षण बनेकाे सहभागीहरुले बताएका छन ।

प्रतिक्रिया:

सम्बन्धित खवर