नेपाली भूमि अतिक्रमणविरूद्ध सरकारले तुरून्त कदम चालोस्ः नारायणकाजी श्रेष्ठ

नेपाली भूमि अतिक्रमणविरूद्ध सरकारले तुरून्त कदम चालोस्ः नारायणकाजी श्रेष्ठ

२७ वैशाख, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली भूमिमा भारतले सडक बनाएको विषयमा सरकारले तत्काल कदम चाल्नुपर्नेमा जोड दिनुभएको छ । पूर्व परराष्ट्रमन्त्रीसमेत रहनुभएका प्रवक्ता श्रेष्ठले भारतले अनधिकृतरुपमा कब्जा गरेको र आफैंले समेत विवादित भनी स्वीकार गरेको पश्चिम सीमाक्षेत्रमा सडक बनाएकामा आपत्ति प्रकट गर्दै सो माग गरेका गर्नुभएको हो ।

भारतले अनधिकृत रूपमा कब्जा गरेको र आफैंले समेत विवादित भनेर स्वीकार गरेको पश्चिम सीमा क्षेत्रस्थित नेपाली भूमिमा सडक बनाएर हिजो उद्घाटन गरेकोमा उहाँले आपत्ति जनाउनुभएको हो ।

‘नेपाली भूमिमा सडक बनाई हिजो उद्घाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भत्र्सना गर्दछु,’ श्रेष्ठले ट्वीटरमा लेख्नुभएको छ ।
कोरोनाविरूद्ध लडिरहेको अवस्थामा गरिएको अतिक्रमणविरूद्ध सरकारले तुरून्त कदम चाल्नुपर्ने उहाँको भनाइ छ ।

भारतले एकतर्फीरूपमा नेपालको भूगोलमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्र्याकको उद्घाटन गरेको समाचारले दुई मित्रराष्ट्रबीच थाती रहेको लिपुलेक कालापानी विवादलाई नयाँ चरणमा प्रवेश गराएको छ ।

भारतका सङ्घीय रक्षामन्त्री राजनाथ सिंहले हिजो ट्वीट गर्दै अब भारतीय तीर्थयात्रीलाई मानसरोवरको यात्रा गर्न सहज हुने भन्दै प्रसन्नता व्यक्त गरेका थिए । नेपाल सरकारले नेपाली भूमिमा सडक निर्माण गरिएकोबारे स्पष्ट विवरण दिन दूतावासमार्फत आग्रह गरिएको स्पष्ट पारेको छ ।

यसअघि भारत सरकारले नेपालको दार्चुला जिल्लामा पर्ने लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा विभिन्न सैनिक असैनिक गतिविधि गरिआएको छ । भारतले सो क्षेत्रलाई आफ्नो क्षेत्रमा गाभी नक्सा सार्वजनिक गरेपछि सरकारले केहीअघि आपत्ति जनाएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर