एमाले प्रमुख सचेतकमा महर, सचेतकमा घतानी

एमाले प्रमुख सचेतकमा महर, सचेतकमा घतानी

बैशाख ११, काठमाण्डौ । नेकपा एमालेले प्रमुख सचेतकमा बझाङका ऐन महर र सचेतकमा झापाकी निता घतानीलाई चयन गरेको छ । एमालेका कार्यवाहक अध्यक्ष तथा संसदिय दलका नेता रामबहादुर थापा बादलले उनिहरुलाई सो जिम्मेवारी दिएका हुन ।

सांसद महर बझाङबाट प्रत्यक्ष निर्वाचित सांसद हुन । उनी अनेरास्ववियुको अध्यक्ष हुँदै ११ औ महाधिवेशनबाट एमालेको केन्द्रिय सदस्य निर्वाचित बनेका थिए ।

त्यस्तै सांसद घतानी समानुपातिक तर्फबाट संसद बनेकी हुन । उनी झापाबाट विद्यार्थी राजनितीमा लामो समय सक्रिय थिइन ।

प्रतिक्रिया:

सम्बन्धित खवर