दमकका नेकपा नेता बस्नेत दिउसै कुटिए

दमकका नेकपा नेता बस्नेत दिउसै कुटिए

७ बैशाख, दमक । झापाको दमकमा नेपाल कम्यूनिष्ट पार्टिका केन्द्रिय सदस्य विरेन्द्र बस्नेतमाथी आक्रमण भएको छ । सोमबार बिहान करिब साढे १० बजेतिर लेनदेनको काम छ भन्दै दमक–५ स्थित गोर्खा डिपार्टमेन्टको किचनमा बोलाइएको थियो।

त्यहाँ पुगेपछि चार जनाको समूहले अश्लील शब्द प्रयोग गर्दै गालीगलौज गरी कुटपिट गरेको दमक प्रहरीले जनाएको छ ।

कुटपिटबाट घाइते बस्नेतको कान, मुख र घाँटीमा सामान्य चोट लागेको छ।

विद्यालयको आर्थीक कारोबारको सन्दर्भमा कुराकानी गर्न बस्नेत त्यहाँ जानु भएको थियो । कुरा नमिलेपछि राईले उहाँमाथी आक्रमण गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

बस्नेत अहिले स्थानीय अस्पतालमा उपचार गराइरहनु भएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर