
१८ चैत्र, काठमाण्डै । नेकपा एमालेको संसदीय दलको नेता चयनका लागि चुनाव हुने भएकाे छ । पार्टी मुख्यालय च्यासलमा बसेको एमाले संसदीय दलको बैठकमा सहमति हुन नसकेपछि चुनाव हुने भएको बैठकमा सहभागी एक सांसदले जानकारी दिए ।
दलकाे नेताका लागि रामबहादुर थापा बादल र सुहाङ नेम्वाङ प्रतिस्पर्धा छ । संसदीय दलको नेतामा थापा बादल र नेम्वाङले दाबी गरेपछि चुनाव हुने भएको छ ।
चुनावका हुने भएपछि थापाले उम्मेदवारी दिइसकेका बुझिएकाे छ । नेम्वाङले पनि उम्मेदवारी दर्ताका लागि पत्र लगिसकेकाे नेताहरूले बताएका छन् ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७