कसैले भन्दैमा मुख्यमन्त्री पद साटासाटा हुँदैनः मुख्यमन्त्री शेरधन राई

कसैले भन्दैमा मुख्यमन्त्री पद साटासाटा हुँदैनः मुख्यमन्त्री शेरधन राई

२३ वैशाख, काठमाण्डौँ । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प नरहेको स्पष्ट पर्नुभएको छ । त्यस्तै, तत्काल पार्टीमा एक व्यक्ति, एक पद पनि लागु नहुने जिकिर गर्नुभएको छ । प्रधानमन्त्री ओलीको हकमा त झनै त्यो कुरा लागु नहुने उहाँले दावि गर्नुभयो । पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री राईले यस्तो बताउनुभएको हो ।

‘प्रधानमन्त्री ओलीको हकमा एक व्यक्ति एक पद लागु हुँदैन । कसैले पनि केही गर्न सक्दैन । प्रधानमन्त्री सफल नेता हो । उहाँकै कारण नेकपाले बहुमत ल्याएको हो ।’ मुख्यमन्त्री राईले भन्नुभयोः ‘प्रधानमन्त्री ओलीकै कारण आज ६ वटा प्रदेशमा नेकपाको सरकार गठन भएको छ । उहाँको विकल्प खोज्ने सार्मथ्य कसैको छैन् । यो असम्भव कुरा हो । बाहिर सडकमा कराएर केही पनि हुँदैन् ।‘

त्यस्तै, मुख्यमन्त्रीहरु परिवर्तन हुने हल्लाबारे सोधिएको प्रश्नमा त्यसमा पनि कुनै सत्यता नभएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभएको छ ‘मुख्यमन्त्री भनेको त्यसै बनेको होईन् । म संसदीय दलको निर्वाचन जितेर बनेको हो । त्यसैले कसैले भन्दैमा यो पद साटासाटा हुँदैन । कसैले चाहेर हटाउने कुरा होईन । भागबण्डामा मिलाउने कुरा पनि होईन ।’

आफू र वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल हटाएर भीम आचार्य र अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीको जिम्मेवारी दिने हल्लामा पनि कुनै सत्यता नभएको राईले जिकिर गर्नुभयो । ‘उहाँहरु दुवै जना संसदीय दलमा चुनाव हारेको मान्छे हो । कसरी बन्नुहुन्छ ? मुख्यन्त्रीलाई पनि प्रधानमन्त्रीजस्तै ५ वर्षको म्याण्डेट छ ।” उहाँले बताउनुभयो ।

यता प्रधानमन्त्री ओलीले आज मात्रै पार्टीका शिर्ष तिन नेताहरुसँग पालैपालो भेटवार्ता र छलफल गर्नुभएको छ । स्थायी समिति बैठकको पूर्व सन्ध्यामा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालसँग भेटवार्ता र छलफल गर्नुभएको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर