राज्यमन्त्री गजमेरद्धारा स्वास्थ्यकर्मीका लागि पिपिई हस्तान्तरण

राज्यमन्त्री गजमेरद्धारा स्वास्थ्यकर्मीका लागि पिपिई हस्तान्तरण

२० वैशाख, झापा । झापा जिल्लामा कार्यरत स्वास्थ्यकर्मीका लागि प्रदेश नं १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले व्यक्तिगत स्वास्थ्य सामग्री प्रदान गर्नुभएको छ ।

राज्यमन्त्री गजमेरले १ सय ५० थान पिपइ, दुई हजार ८ सय थान सर्जिकल मास्क, ५ सय थान पञ्जा र १ सय ५० थान एन–९५ मास्क शुक्रवार(हिजो) स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेललाई हस्तान्तरण गर्नुभएको हो । विराटनगरस्थित मन्त्रालयबाट राज्यमन्त्री गजमेर आफैँ ती सामान लिएर झापा पुग्नुभएको थियो ।

पौडेलले ती सामान दोस्रो कोरोना संक्रमित व्यक्ति भेटीएको बाह्रदशी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीलाई दिनुभएको छ

राज्यमन्त्री गजमेरले शुक्रवार(हिजो) नै बाह्रदशी गाउँपालिकाको कोरोना प्रभावित क्षेत्रमा पुगी अनुगमन गर्नुभएको छ । झापाको पहिलो कोरोना संक्रमित ब्यक्ति दमकमा र दोस्रो कोरोना संक्रमित व्यक्ति बाह्रदशीमा भेटिएको थियो ।

वाह्रदशी गाउँपालिकामा एक व्यक्तिमा कोरोना संक्रमणको लक्षण देखा परेपनि अन्य ६२ जनाको स्वास्थ्य परीक्षण गर्दा कसैमा संक्रमण देखिएको छैन ।

प्रतिक्रिया:

सम्बन्धित खवर