झलनाथ भेट्न पुगे वामदेव

झलनाथ भेट्न पुगे वामदेव

२४ साउन, काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भेट्न वरिष्ठ नेता वामदेव गौतम पुगेका छन् । खनाल निवास डल्लुमा अहिले समसामयिक राजनीतिमा छलफल चलिरहेको खनाल सचिवालयले जनाएको छ । नेता गौतम हालै मात्रै नेकपा एस प्रवेश गरेका हुन् ।

अध्यक्ष माधव नेपालसँग नेता खनालको वाक युद्ध चलिरहेको बेलामा नेता गौतमसँग भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । माधव–झलनाथबीच विवाद चर्किएपछि नेकपा एसले स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

माधव झलनाथबीचको विवाद उत्कर्षमा पुगेर एक अर्कालाई पार्टी छाडेर जान समेत भनिसकेका छन् ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर