
एजेन्सी । रुसमा लेनिन र स्टालिनका पुराना सालिकहरू संरक्षण हुँदै गर्दा युक्रेनले भने देशको अन्तिम लेनिनको सालिक पनि ढालेको छ । रुसी विश्व च्यानल आरटीका अनुसार युक्रेनले रुसी तथा सोभियत संघसँगको जरा भत्काउने क्रममा यस्तो गरेको बताइएको छ ।
पश्चिमि युक्रेनको रुदकोभ्चि गाउँको सालिक ढालिएको खबर सोमबार सार्वजनिक भएको हो । सन् १९९१ मा युक्रेन स्वतन्त्र हुँदा युक्रेनमा साढे पाँच हजार लेनिनको सालिक भएको आरटीले उल्लेख गरेको छ । तर सन् २०१५ बाट रुसविरोधी सत्ता आएपछि भने ती सालिकहरू ढाल्ने क्रम तीव्र भएको थियो ।
अन्तिमको लेनिन सालिक पनि सोमबार ढालिएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने आधुनिक युक्रेनको जन्म नै बोल्सेभिकले गरेको बताउँदै आएका छन् ।





सूचना विभाग दर्ता नंः १८२३/०७६-७७