
१६ साउन, इलाम । अनेरास्ववियुले सचिवालय सदस्य तथा केन्द्रिय सदस्यहरुको कार्य विभाजन गरेको छ । गत असार १४ देखी १६ गतेसम्म धुलिखेलमा अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाको अध्यक्षतामा र एमाले महासचिव शंकर पोख्रेलको प्रमुख अतिथ्यतामा सम्पन्न केन्द्रिय सचिवालय बैठकले विद्यार्थी नेताहरुको कार्यविभाजन गरेको हो ।
इलामबाट सचिवालय सस्यमा निर्वाचित एकमात्र विद्यार्थी नेतृ सौरवी सुनुवारले सान राष्ट्रिय कमिटी TSAN (Technical Students Association Of Nepal) को ईन्चार्जको जिम्मेवारी प्राप्त गरेकी छिन् । गत जेठ २६–३० गतेसम्म किर्तिपुरमा भएको अनेरास्ववियुको २४ औँ महाधिवेशनमा इलाम जिल्लाको प्रतिनिधित्व गर्दै उनि सचिवालय सदस्यमा निर्वाचित बनेकी हुन । उनि ईलामबाट निर्वाचित हुने एकमात्र नेतृ हुन् । नेतृ सुनुवार यसअघि अनेरास्ववियुको २३ औँ महाधिवेशनमा केन्द्रिय सदस्यमा निर्वाचित बनेकी थिईन भने नेकपा एमाले जिल्ला कमिटी सदस्यमा पनि निर्वाचन मार्फत नै निर्वाचित बनेकी थिईन् ।
नेतृ सुनुवार पद्मकन्या क्याम्पमा व्यवस्थापन तर्फ स्नातकोत्तर प्रथम सेमेस्टरमा अध्यनरत छिन् ।
उनि आदिवासी किरात अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व गर्दछिन् ।



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७