२० जेठ, झापा । झापा र सप्तरी प्रहरीको संयुक्त प्रयासमा श्रीमतीलाई बिष सेवन गराई हत्या प्रयास गरेको आरोपमा फरार रहेका दिलिप कुमार मरिक डोम पक्राउ परेका छन् । सप्तरी शम्भुनाथ नगरपालिका–२ स्थायी घर भई हाल झापाको दमक–१ सुम्निमा टोलमा डेरा गरी बस्दै आएका २५ वर्षीय दिलिपले २०८१ साल चैत १० गते बिहान करिब ८ बजे आफ्नी श्रीमती रेणु मरिकलाई बिष सेवन गराई ज्यान मार्ने प्रयास गरेका थिए ।
घटनापछि फरार रहेका उनलाई २०८२ साल जेठ १८ गते ईलाका प्रहरी कार्यालय कल्याणपुर, सप्तरी र ईलाका प्रहरी कार्यालय दमक, झापाको संयुक्त टोलीले उनि घर गएको सुचनाको आधारमा सप्तरीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका दिलिपलाई भोलिपल्ट जेठ १९ गते बिहान ९ः१३ बजे ईलाका प्रहरी कार्यलय दमकमा ल्याई बुझाइएको थियो । उनलाई झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई ज्यान मार्ने उद्योग मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार घटनासम्बन्धी थप प्रमाण संकलन र अनुसन्धानको प्रक्रिया अघि बढाइएको छ।