कोरोना भाइरसका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या ५० हजार पुग्यो

१२ वैशाख, काठमाण्डौँ । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)का कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या ५० हजारको नजिक पुगेको छ । अप्रिल महिनामा मात्र अमेरिकामा औसतमा दैनिक दुई हजार मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अमेरीकाको जोन्स हप्किन्स युनिभर्सिटीले भर्खरै मात्र सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म अमेरीकामा मृत्यु हुनेको संख्या ४९ हजार नौ सय ५४ पुगेको छ, भने संक्रमितको संख्या आठ लाख ६९ हजार एक सय ७१ पुगिसकेको छ ।

यसैबीच, अमेरिकामा पछिल्लो पाँच सातामा बेरोजगारको संख्या ह्वात्तै बढेको छ । वेरोजगारी सुविधाको लागि आवेदन दिनेको संख्या दुई करोड ६५ लाख नाघेको बताईएको छ । अमेरिकामा लगाइएको लकडाउनका कारण उनिहरुले रोजगारी घुमाएका हुन् । अमेरिकामा बढ्दो बेरोजगारीको कारण अर्थतन्त्रमा पनि ठूलो असर पर्न सक्ने अर्थशास्त्रीहरूले चेतावनी दिएका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270