झापाको आदिवासी रंगशालामा चासोक तङनाम मनाउने तयारी

झापाको आदिवासी रंगशालामा चासोक तङनाम मनाउने तयारी

२७ मंसिर, झापा । किरात याक्थुङ चुम्लुङ्ग दमक र कमल गाउँ शाखाले यसवर्ष पनि संयुक्त रुपमा यहि मंसिर ३० गते वृहत चासोक तङनाम– २०८१ मनाउने तयारी गरेका छन् ।

कमल –५ स्थित आदिवासी रंगशालामा हुने चासोक तङनाम विशेष सांस्कृतिक कार्यक्रम गतवर्ष झै यसवर्ष पनि सभ्य र भव्य रुपले मनाउने तयारी तीव्र पारेका हुन् ।

दुवै संस्थाले दमकमा पत्रकार सम्मेलन गरि चासोक तङनाम वृहत सांस्कृतिक कार्यक्रम भव्य रुपमा मनाउन आवश्यक सवै तयारी धमाधम भईरहेको जनाएका छन् ।

चुम्लुङ्ग दमक नगर शाखाका अध्यक्ष देवेन्द्र मावोहाङ चेम्जोङले प्रकृतिपूजक लिम्बू समुदायले न्वागी पूजाका रुपमा चासोक तङनामलाई विशेष उत्सवका रुपमा मनाउदैं आएकाले यसवर्ष पनि मंसिर ३० गते आयोजना गरिएको कार्यक्रमको बारेमा जानकारी दिनुभयो ।

कार्यक्रम अन्तर्गत विहान १० वजेसम्म सामूहिक न्वागीपूजा गरिने र विहान ११ वजे कार्यक्रम उद्घाटन र २ वजेदेखि सांस्कृतिक कार्यक्रम सञ्चालन हुने उहाँले बताउनुभयो । चुम्लुङका संघीय सचिव यासेली योङहाङको प्रमुख आतिथ्यतामा हुने चासोक तङनाम विशेष सांस्कृतिक कार्यक्रममा गायकहरु यादेन शेर्मा, कुशल थलङ, निरन्ता नेम्बाङ, जीवन केदेम, पालाम गायिका दुर्गा तुम्सा लगायतले संगीतमय प्रस्तुति दिने छन् ।

कार्यक्रममा लिम्बू समुदायको च्याबु्रङ नृत्य ,धान नाच, पालाम समेत विशेष आर्कषण रहने चुम्लुङ्ग कमल गाउँ शाखाका अध्यक्ष दिवस सम्बाहाम्फेले बताउनुभयो ।

चुम्लुङ्ग झापा जिल्ला अध्यक्ष शेसेहाङ फियाकले झापाका लिम्बू बाहुल क्षेत्रमा चासोक तङनाम विशेष उत्सवका रुपमा मनाउने कार्य यसवर्ष पनि शुरु भईसकेको जानकारी दिनुभयो । जिल्लाको कमल, शिवसताक्षी, बुद्धशान्ति लगायतका स्थानमा यो कार्यक्रम भईरहेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270