
२० कात्तिक, विराटनगर । दशैं-तिहारको अवधिमा मात्रै सवारी दुर्घटनामा परी कोशी प्रदेशमा ३७ जनाको मृत्यु भएको छ ।
१७ असोज घटस्थापनादेखि १९ कात्तिकसम्म भएका सवारी दुर्घटनामा ३७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार एकै दिन २८ स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
प्रहरीको तथ्याङक अनुसार मोरङमा सबैभन्दा धेरै २१६ वटा दुर्घटना भएका छन् । झापामा १६५, सुनसरीमा १४६, उदयपुरमा २८, धनकुटामा १८, तेह्रथुममा ६, भोजपुर र ओखलढुंगामा ५/५, खोटाङमा ४, संखुवासभा, पाँचथर र सोलुखुम्बुमा ३/३, इलाम र ताप्लेजुङमा एक/एकवटा दुर्घटना भएका हुन् ।
प्रहरीका अनुसार सबैभन्दा धेरै ५१३ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् ।



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७