काठमाडौं, ७ बैशाख । काठमाडौं महानगरपालिकाले विदेशबाट आएका नागरिकहरुको र्यापिड डाइग्नेाष्टिक टेष्ट थालेको छ । काेराेना संक्रमणकाे जाेखिम बढेपछि विभिन्न मुलुकबाट आएर महानगरपालिकाभित्र बसोबास गरिरहेका नागरिकहरुको र्यापिड टेष्ट थालिएको हो ।
आइतबार कालिमाटीमा वडा नम्बर १२, १३ र १४ मा बसोबास गरिरहेका नागरिकहरुको परीक्षण गरिएको हाे छ । विदेशबाट आएका व्यक्ति भन्ने बित्तिकै त्रास फैलिरहेकाेले परीक्षण गर्ने सुरु गरिएको महानगरप्रमुख विद्यासुन्दर शाक्यले बताए ।
उनले भने, ‘विदेशबाट आएका नागरिक भन्ने बित्तिकै डर फैलिएको छ । उनीहरुले पनि आफु ठिक छु भन्न सक्छन् र अरुलाई पनि बेठिक हुन दिन्न भन्न सकिने हुनाले परीक्षण सुरु गरिएको हो ।’ प्रमुख शाक्यले विदेशबाट आएका नागरिकहरुलाई परीक्षण गराएर सहयोग गर्न पनि आग्रह गरे ।
आइतबार नै महानगरको वडा नम्बर २६ र १६ मा परीक्षण गरिनेछ । विदेशबाट आएका नागरिकहरुले आफ्नो पायक पर्ने वडामा गएर परीक्षण गर्न सक्नेछन् ।
विश्व महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमण नेपालमा विदेशबाट आएका नागरिकमा नै देखिएको थियो ।