सनसिटी अपार्टमेन्टका ३ जना कोरोना संक्रमित परिवारसंगै यात्रा गर्ने ८ जना सुनसरीवासी रहेको फेला

सनसिटी अपार्टमेन्टका ३ जना कोरोना संक्रमित परिवारसंगै यात्रा गर्ने ८ जना सुनसरीवासी रहेको फेला

६ बैशाख, सुनसरी । काठमाण्डौको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने ३ जना कोरोना भाइरस संक्रमित परिवार संगै यात्रा गर्नेहरु मध्ये ८ जना सुनसरीवासी रहेको फेला परेको छ ।बेला

यतबाट कतार एयरवेजको क्यु.आर. ६४४ नम्बरको जहाजमा गत मार्च २० तारीखका दिन नेपाल आएका मध्ये ८ जना सुनसरीका नागरीक रहेको फेला परेको सुनसरी प्रहरीले जानकारी दिएको छ । अहिले सुनसरी प्रहरीले ति ८ जनाको खोजी सुरु जनाएको छ ।

प्रहरी उपरिक्षक यज्ञविनोद पोख्ररेलका अनुसार कोरोना सक्रमित बिरामीको ट्राभल हिस्ट्रीका आधारमा जिल्ला प्रहरी प्रहरी कार्यालय इनरुवाले खोजी सुरु गरेको बताइएको छ । फेला परेकालाई क्वारेन्टाइनमा राखीने पनि उहाँले बताउनुभयो ।

क्यु.आर. ६४४ फ्याईटमा नेपाल आएका मध्ये मोरङ इनरुवा, डुम्राहा, गौतमपुर, पश्चिम कुशाहा, रामगञ्ज, वेलगछिया, सिगिया, धरान र इटहरी ठेगाना भएका सुनसरीका स्थानीयहरु भएको जनाईएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर