दुहवी नगरपालिकाको राहत कोषमा प्रदेश सांसद बस्नेतद्धारा खाद्यान्न सहयोग

दुहवी नगरपालिकाको राहत कोषमा प्रदेश सांसद बस्नेतद्धारा खाद्यान्न सहयोग

५ बैशाख, सुनसरी । सुनसरीको दुहवी नगरपालिकालाई प्रदेश नं. १ का सांसद निलम बस्नेतले खाद्यान्न सामग्री सहयोग गर्नुभएको छ ।

सांसद बस्नेतले दुहवी नगरपालिकाको राहत कोषका लागी खाद्यान्न सामग्री नगर प्रमुख बेदनारायण गच्छदारलाई हस्तान्तरण गर्नुभएको हो ।

विश्व महामारीको रुपमा फैलिदै गएको कोभिड–१९ को संम्भावित संक्रमणको जोखीमलाई लिएर सरकारले करिव तिन साता देखी लकडाउन लगाएको छ । लकडाउनको समयमा गरीब र न्युन आय भएका वर्गकालागि राहत मिलोस भन्ने ध्येयका साथ सुनसरी क्षेत्र नं. ३ (ख)का सांसद बस्नेतले नगरपालिकाको राहत कोषमा चामल ३० क्विन्टल, दाल ५ सय के.जी, तेल २० कार्टुन र २ हजार के.जी नुन खाद्यान्न समाग्री हस्तान्तरण गनुएभएको हो । ।

सो हस्तान्तरण कार्यक्रममा दुहवी नगरपालिकाका नगर प्रमुख बेदनारायण गच्छदार, नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत विनोद कुमार न्यौपाने, नेकपाका नेता विनय पोख्रेल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर