सन्दकपुर गाउँपालिकाको बजेट ४१ करोड ७ लाख

सन्दकपुर गाउँपालिकाको बजेट ४१ करोड ७ लाख


११ असार, इलाम । इलामको सन्दकपुर गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१।०८२ को लागि ४१ करोड ७ लाख ६ हजार रुपैयाको बजेट ल्याएको छ ।

गाउँपालिकाले आर्थिक विकास तर्फ ७ करोड ५१ लाख (१८.२५) बजेट ल्याएको छ ।
सामाजिक विकास तर्फ १६ करोड ५८ लाख ५० हजार (४०.५५), पुर्वाधार विकास क्षेत्रमा ८ करोड ५९ लाख १३ हजार (२०.९५) बजेट ल्याएको हो ।

त्यस्तै वन वातावरण क्षेत्र तर्फ ३२ लाख ५० हजार (०.८५), संस्थागत विकास तर्फ ८ करोड ५ लाख ८५ हजार (१९.६५) बजेट सार्वजनिक गरेको हो ।  गाउँपालिका उपाध्यक्ष हरि बहादुर लुङ्गेलीले बजेट प्रस्तुत गरेका हुन् ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर