महाेत्तरीमा आरडिटी टेष्ट सुरू, हालसम्म सबै रिपाेर्ट नेगेटिभ

महाेत्तरीमा आरडिटी टेष्ट सुरू, हालसम्म सबै रिपाेर्ट नेगेटिभ

महाेत्तरी, ५ बैशाख । महाेत्तरी जिल्ला १५ क्वारेन्टाइनमा बसेका आठ महिला र ७२ पुरुषसहित ८० मध्ये दुई साता क्वारेन्टाइनमा बसेका ४५ जनाको आरडिटी टेष्ट बिहीबार गरिएको छ । दुई साता क्वारेन्टाइनमा बसेकाहरुको बल्ल र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) शुरु भएको  हाे ।

पहिलो दिन आरडिटी गरिएका ४५ जनामै नेगेटिभ नतिजा पाइएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका कोभिड–१९ रोकथाम अभियानका स्रोतव्यक्ति वरिष्ठ स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झाले जानकारी दिए ।

जिल्लाका क्वारेन्टाइनमा गत चैत २० गतेबाट मात्र भारत र अन्य देशबाट आएका व्यक्ति बस्न थालेका हुँदा आरडिटी ढिलो शुरु भएको हो । जिल्लाको सुदूर–उत्तरवत्र्ती बर्दिवास नगरपालिकामा पनि क्वारेन्टाइन सञ्चालन हुनसकेको छैन

प्रतिक्रिया:

सम्बन्धित खवर