३ असार । शिबसताक्षी–१ धरमपुरस्थित हाइवे (लोकमार्ग) उत्तरतर्फ धरमपुर सार्वजनिक सौचालयको क्षेत्रलाई मिनी पार्क बनाउन स्थानीयवासीहरु सक्रियता देखाएका छन्।
बैदेशिक रोजगारीमा रहेका धरमपुरका युवाहरुले बिदेशबाटै आर्थिक सहयोग जुटाएपछि धरमपुरमा सार्वजनिक सौचालय निर्माण भएको हो । धरमपुर घर भएर रोजगारको शिलशिलामा विभिन्न मुलुकहरुमा कार्यरत युवाहरुले सहयोग संङ्कलन गरेर निर्माणकार्य सम्पन्न भएको सौचालय हाल सञ्चालनमा आइसकेको छ ।
महिला तथा पुरुषहरुसहित अपाङ्गमैत्री सो सौचालयसहित भलिबल कोर्टसहित पार्क निर्माणमा यहाँका जनप्रतिनिधिहरु, स्थानीयवासीहरु, बजारका व्यवसायीहरु, शैक्षिक संस्था, संघसंस्थाका व्याक्तित्वहरुले सक्रियता देखाएका हुन् ।
विश्व बातबरण दिवसको अवसर पारेर धरमपुर बजार व्यवस्थापन समितिले त्यहाँ एक कार्यक्रमबीच सार्वजनिक सौचालयसहित पार्क निर्माण गर्ने जनाइएको थियो । सो पार्कमा भलिबल कोर्ट, साना हलुका सवारी साधन पार्किङ र मन्दिर निर्माण हुने धरमपुर बजार व्वस्थापन समितिका अध्यक्ष लीलाबहादु (कुमार) जोशीले बताए ।
धरमपुरका वार्ड अध्यक्ष लक्ष्मीप्रसुाद चेम्जोङ, धरमपुरका सामाजिक तथा धार्मीक व्याक्तित्व चन्द्रवीर नेम्बाङसहित स्थानीयको उपस्थितिमा सो क्षेत्रमा बृक्षारोपण गरिएको थियो । सो पार्कमा फूल फूल्ने विभिन्न जातका विरुवाहरु रोपिएको थियो भने फूल नफूलने मिनी रुखका विरुवाहरु रोपिएको थियो ।
सार्वजनिक सौचालयको रेखदेखका लागि त्यहाँ कार्यरत कर्मचारीलाई पार्कको संरक्षणसहित दैनिक हेरचार र स्याहारसुसारको जिम्मेवारी प्रदान गरिएको धरापुर बजार व्यवस्थापन समितिका सचिव मोहन सेनचुउरीले बताए । त्यहाँ, प्रत्यके शनिबारका दिन स्थानीयहरु फुलका विरुवाहरु रोप्ने र पार्कभित्रका भलिबल कोर्ट, सवारी पार्किङ र मन्दिर निर्माणका कार्यमा जुटिरहेको सचिव सेनचउरीले जानकारी गराए ।
यता, बजारको माथिल्लो बन क्षेत्रमा रहेको सार्वजनकि सौचालयले धरमपुर बजारको सौन्द्धर्यकरणमा ठूलो टेवा पुग्ने स्थानीय बुद्धिजिवी तथा पूर्व लाहुरे देउमान चेम्जोङले बताए । चेम्जोङसहित स्थानीय खगेन्द्र दाहाल, पदम भुजेल, पूर्ण लकान्द्री, प्रेम शेर्मा, निहाङ किराती, पत्रकार गोविन ल्गाुन लगायत बजारका व्यवसायीहरु पार्कको विकासमा खटिएका छन् ।