शिक्षामा बहुभाषिकता र आदिवासी ज्ञानका लागि युवाहरुको भूमिका विषयक कार्यशाला सम्पन्न

शिक्षामा बहुभाषिकता र आदिवासी ज्ञानका लागि युवाहरुको भूमिका विषयक कार्यशाला सम्पन्न

विर्तामोड । झापाको विर्तामोडमा शिक्षामा बहुभाषिकता र आदिवासी ज्ञानका लागि आदिवासी युवाहरुको भूमिका विषयक कार्यशाला सम्पन्न भएको छ।

नेपाल आदिवासी जनजाति पत्रकार महा संघ (फोनिज) झापाको आयोजनामा होटल ग्राण्ड प्यासिफिक होटलमा एक दिने कार्यशाला सम्पन्न भएको हो ।

कार्यशालामा आदिवासी जनजाति समुदायका ५० जना बिधार्थीहरूको सहभागी रहेको थियो ।

शनिवार सम्पन्न सो कार्यशालाका सहजकर्ताका रूपमा अमेरिका स्थित कोलम्बिया युनिभर्सिटीका प्रोफेसर डा. प्रेम फियाक रहेका थिए । उनले बहुभाषिक शिक्षा र आदिवासी ज्ञानका बारेमा कार्यपत्र प्रस्तुत गर्दै त्यसका लागि आदिवासी युवाहरूको भुमिका महत्वपुर्ण रहेको बताए ।

कार्यशालामा सहभागीहरूले बहुभाषिकता र आदिवासी जानका बारेमा आ-आफ्नो अनुभव साट्दै हाल यसको अवस्था,समस्या,निती,योजना र उपलब्धिका बारेमा बिभिन्न प्रस्तुतिहरू राखेका थिए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का केन्द्रीय उपाध्यक्ष कमन देवानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा फोनिज झापाका संस्थापक अध्यक्ष दिपिन राई, पुर्व अध्यक्ष गणेशमान मुखिया, इन्द्रजीत मुखिया,निवर्तमान अध्यक्ष बिशाल नेम्बाङ,नेपाल आदिवासी जनजाति महासंघ झापा जिल्ला समन्वय समिति अध्यक्ष पाण्डवलाल चौधरी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270