सुनसरीको मस्जीदमा १० जना भारतीय नागरीक फेला

सुनसरीको मस्जीदमा १० जना भारतीय नागरीक फेला

३ बैशाख, सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउपालिकामा रहेको खतिजन कुव्रा नामक मस्जीदमा १० जना भारतिय मुलका बंगाली भाषीहरु फेला परेका छन् ।

नेपाल मुस्लीम संघ प्रदेश एकका सभापती हाजी इसराइल मन्सुरीका अनुसार इज्तेमामा सहभागी हुन आएका १० जना जमातीहरु रहेको बताईएको छ । भारतको पश्चिम बंगाल राज्यको पश्चिम मधनीपुर कलकता ठेगाना बताउने उनिहरुको भारतिय नागरिता मस्जीदमा फेला परेको उहाँले बताउनुभयो ।

सामाजिक अभियन्ता समेत रहनुभएका मन्सुरीका अनुसार वर्ष ४२ का अब्दुल शेख, वर्ष ३५ की साहिदा बिबि, वर्ष ४२ का सवुल, वर्ष ४० की मुसानेहा, वर्ष ५५ का हजेयामुद्दिन, वर्ष ५० की अलिया बिबि, वर्ष ५० का खुटुवुद्दिन, वर्ष ४५ की साजेदा बिबि, वर्ष ४० का अफाजुल र वर्ष ३२ की अरजुमन बिबि रहेका छन ।

सप्तरीमा भएको धार्मिकसभा इज्तेमामा सहभागी हुन आएका जमातीहरु सभा सकिएपछि इनरुवाका विभिन्न मस्जीदमा बस्दै आएको उनिहरुले बताएका छन् ।

लकडाउन सुरु भएपछि भोक्राहा नरसिंह गाउपालिका ५ टपरामा रहेको खतिजन कुव्रामा रहेको मस्जीदमा आश्रय लिदै आएको जानकारी पाएपछि स्वास्थ्यकर्मीहरुको टोलीले आवश्यक स्वास्थ्य परिक्षण गरेको बताइएको छ । साथै उनिहरुलाई मस्जीदबाट बाहिर नजान र सरकारले जारी गरेको नियम पालना गर्न पनि सुझईएको छ । उनिहरुलाई आवश्यक खाद्यन्न दिएर एकजना कुरुवाको जिम्मा लगाईएको सभापती मन्सुरीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर