२ वैशाख, सुनसरी । सुनसरीको बर्जु गाउँपालिकाले ६ हजार बढी विपन्न परिवारलाई राहत वितरण गरेको छ ।
वडागत विपन्न परिवारहरुको पहिचान गरेर राहत वितरण गरिएको बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज कार्कीले बताउनुभयो । उहाँका अनुसार विपन्न गरिव र ज्याला मजदुरी गरी पेट पाल्दै आएका परिवारको सो राहत खाद्यान्न सामाग्री वितरण गरिएको हो ।
भिडभाड हुन नदिन सावधानी अपनाई दुरी कायम गरी वडागत रुपमा राहत वितरणको क्रम थालिएको गाउँपालिकाले जनाएको छ । पहिलो चरणमा ४ हजार ९ सय ९३ परिवारलाई राहत वितरण गरेको गाउँपालिकाले दास्रो चरणमा हिजो सोमवार १ हजार २ सय २५ परिवारलाई वितरण गरेको जनाएको छ ।
लक डाउनका कारण मारमा परेका विपन्न र गरिव परिवारलाई २० किलो चामल, २ किलो दाल, तेल १ लिटर र नुन १ किलोका दरले उपलब्ध गराइएको जनाएको छ ।
गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरीका अनुसार वडास्तरबाट संकलन गरिएको विवरणको आधारमा गरिव तथा विपन्न परिवालाई राहत वितरण गरिएको हो ।
६ वटा वडा रहेको बर्जु गाउँपालिकाको कार्यालले कोरोना भाइरस विरुद्धको सचेतना सँगै पूर्व सावधानी लगायतका गतिविधिहरु जारी राखेको जनाएको छ ।
गाउँपालिकाले राहत कोषमा सहयोग गर्न सर्वसाधारणमा आग्रह समेत गरेको छ । गाउँपालिकाको कार्यालयका अनुसार प्रकोप व्यवस्थापन कोषमा रकम जम्मा गर्नकालागि एन.आई.सी. एसिया बैंक बर्जु शाखामा खाता संचालनमा ल्याइएको छ । बैंकको खाता नम्बर द्दद्धघब्ऋछण्ण्ज्ञडटज्ञडण्ण्द्द मा सहयोग रकम जम्मा गर्न सकिने गाउँपालिका कर्मचारी तथा राहत व्यवस्थापन कोष समितीका सम्पर्क व्यक्ति सन्तोष बञ्जाराले बताउनुभयो ।