२ वैशाख, सुनसरी । धरान उपमहानगरपालिकाको बराह गुरुपले कोरोना राहत कोषमा १९ लाख रुपैँया हस्तान्तरण गरेको छ । बराह गुरुपले कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषका लागि १९ लाख रुपैया सहयोग गरेको हो ।
बराह गुरुप अन्तर्गत सञ्चालित २५ वटै भगिनि संस्थाका कर्मचारीको तर्फबाट स्वइच्छाले रकम संकलन गरेर सरकारलाई हस्तान्तरण गरेको बराह ग्रुरुपका अध्यक्ष शिवकुमार लामिछानेले जानकारी दिनुभयो । लामिछानेले धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई र उपप्रमुख मञ्जु भण्डारीलाई संयुक्त रुपमा चेक हस्तान्तरण गर्नुभएको हो ।
बराहले धरान उपमहानगरपालिकालाई ७ लाख ६० हजार रुपैँया र नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु ११ लाख ४० हजार रुपैँया जम्मा गरेको हो ।