एटलान्टाले लगायो लेभरकुजनको अपराजित यात्रामा ब्रेक

एटलान्टाले लगायो लेभरकुजनको अपराजित यात्रामा ब्रेक

१० जेठ । अन्तत: जर्मन क्लब बायर लेभरकुजनको अपराजित यात्रा अन्त्य भएको छ।

मंगलबार राति सम्पन्न युरोपा लिगको फाइनलमा इटालियन क्लब एटलान्टासँग ३-० गोल अन्तरले पराजित भएसँगै लेभरकुजेनको अपराजित यात्रा अन्त्य भएको हो।

लेभरकुजनले यसपटक ५२औँ खेलसम्म आफ्नो अपराजित यात्रा कायम राखेको थियो। उक्त कीर्तिमानमा ब्रेक गर्न एटलान्टाका अडेमोला लुकम्यानले ह्याट्रिक गरे।

अविभा स्टेडियममा सम्पन्न खेलको १२, २६ र ७५औँ मिनेटमा उनले गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए।

प्रतिक्रिया:

सम्बन्धित खवर