२ बैशाख, सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका वडा नं. ६ स्थित पानवारीमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । पानवारीमा विगत लामो समय वेवारीसे अवस्थामा सडकमा नै बस्ने अन्दाजी ५९ वर्षिया विनोद राई नाम गरेका व्यक्ति मृत फेला परेका हुन ।
धरान उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष भुवनसिं बस्नेतका अनुसार मंगलबार राती पानवारीको कलबोट नजिकैको मान्छे नबस्ने खाली घरमा ति व्यक्ति मृत अवस्थमा फेला परेका हुन् । उनको शवको मुचुल्का उठाएर आज अन्तिम संस्कार समेत गरी सकिएको बताईएको छ ।