
५ जेठ । ललितपुरमा चोरीको घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बैशाख ७ गतेदेखि ९ गतेको बीचमा ललितपुर महानगरपालिका–२१ खोकनास्थित नवराज गुरुङको घरमा कोही नभएको समयमा सुनचाँदीका गरगहनाहरु, नगद तथा आइफोन लगायतका धनमालहरु चोरी गर्ने ६ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका वडा नं४ गौसरा स्थायी घर भई ललितपुर महानगरपालिका वडा नं १५ खुमल्टार बस्ने ३७ वर्षीय कमल थापा मगर र ३५ वर्षीय धनलाल थापामगर रहेका हुन् ।

चोरी भएकामध्ये आइफोन मोबाइल किनबेच गर्ने टोखा नगरपालिका वडा नं। ३ स्थायीघर भई न्यूरोड ताम्राकार कम्पलेक्स स्थित सेलफोन रेस्क्यु सेन्टरका संचालक ४१ वर्षीय योगेश डाँगी र सप्तरी सुरुगा नगरपालिका –२ स्थायी घर भई कलंकी बस्ने २२ वर्षीय मोहम्मद समिर समेत पक्राउ परेका छन् । थप अनुसन्धान कार्य भइरहेको छ ।
बरामद भएका सामानहरुको विवरणः-
सुन जस्तो देखिने पहेलो धातुको सिक्रि थान-१
रातो रङ्गको क्रिष्टल जडित सुन जस्तो देखिने धातु थान-१
बिभिन्न रंगका क्रिष्टल जडित सुन जस्तो देखिने धातुको रानीहार थान-२
बिभिन्न रङ्गका क्रिष्टल जडित सुन जस्तो देखिने पहेलो रङ्गको धातुको चोक्कर थान-५ बिभिन्न रङ्गका क्रिष्टल जडित सुन जस्तो देखिने पहेलो धातुको पेण्डल थान -४ बिभिन्न रङ्गका क्रिष्टल जडित सुन जस्तो देखिने पहेलो धातुको चन्द्रहार थान -४
रातो रङ्गको पोते जडित सुन जस्तो देखिने पहेलो धातुको लकेट थान-१ रातो रङ्गको पोते जडित सुन जस्तो देखिने पहेलो धातुको पाँचगेडि थान-१
रातो क्रिष्टल जडित सुन जस्तो देखिने पहेलो धातुको चन्द्रमा थान-१
सुन जस्तो देखिने पहेलो धातुको सानो ठूलो तिल्हरी थान-३
सुन जस्तो देखिने पहेलो धातुको चन्द्रमा थान-२
सुन जस्तो देखिने पहेलो धातुको झुम्का थान-२
सुन जस्तो देखिने पहेलो धातुको सानो झुम्का थान-४
सुन जस्तो देखिने पहेलो धातुको टप थान-२
सुन जस्तो देखिने पहेलो धातुको पत्थर जडित नथ्थि थान-२
चाँदी जस्तो देखिने पातलो पत्ता थान- ३
बिभिन्न दरका नेपाली नोटहरु गरी जम्मा नेपाली रुपैया २४,४२०
REDMI कम्पनिको REDMI 12 स्क्रिन टच मोबाईल थान-१


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७