
१२ बैशाख । लाजियोसँग पराजित हुँदै युभेन्ट्स कोपा इटालियाको उपाधिनजिक पुगेको छ। स्टेडियो ओलिम्पिकोमा बुधबार राति सम्पन्न दोस्रो लेगमा लाजियोले पाहुना टोली युभेन्ट्सले २–१ गोल अन्तरले पराजित गरेको हो।
तर, युभेन्ट्सलाई फाइनल पुग्न पहिलो लेगको नतिजा फलदायी बन्यो। पहिलो लेगमा युभेन्ट्स २–० गोल अन्तरले विजयी भएको थियो। फाइनल प्रवेश गरेको युभेन्ट्सले समग्रमा ३–२ गोल अन्तरको रोमाञ्चक जित हासिल गर्यो।
खेलको १२औँ मिनेटमा भ्यालेन्टिन कास्टेलानोसले गोल गर्दै लाजियोलाई अग्रता दिलाए। उनले लुइस अल्बर्टाेको पासमा गोल गरे। ४८औँ मिनेटमा उनले नै लुइसको पासमा दोस्रो गोल गरे।
तर, ८३औँ मिनेटमा अर्कादिउस मिलिकलले गोल गर्दै युभेन्ट्सलाई फाइनलमा पुर्याए। उनले तिमोथी वेहको पासमा गोल गरे। अब युभेन्ट्सले एटलान्टा र फिओरेन्टिनाबीचको विजेतासँष उपाधिको लागि खेल्ने छ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७