घाँटीको सिक्री थुतेर भाग्दै गरेको अवस्थामा चोर पक्राउ

घाँटीको सिक्री थुतेर भाग्दै गरेको अवस्थामा चोर पक्राउ

११ बैशाख, झापा । पैदल हिँडिरहेकी महिलाले घाँटीमा लगाएको सिक्री थुतेर भाग्ने एकजनालाई प्रहरीले झापाको चारआलीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–१३ तेलीबारीका ३९ वर्षीय दिवस राजवंशी रहेका छन् ।

मेचीनगर–१२ निवासी रचना आङदम्बेले घाँटीमा लगाएको एक तोलाको सुनको सिक्री थुतेर राजवंशी फरार भएका थिए । पीडितले लगत्तै प्रहरीमा उजुरी दिएकी थिइन् ।

खोजतलासका क्रममा राजवंशीलाई साइकलमा चढेर भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार श्रीनाथ पेट्रोल पम्प नजिकै पूर्वपश्चिम राजमार्गमा पैदल हिँडिरहँदा आङदम्बेको सिक्री थुतिएको थियो ।

नियन्त्रणमा लिएका राजवंशीलाई इलाका प्रहरी कार्यालय धुलाबारीको हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डीएसपी चन्दले जानकारी दिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर