३० चैत्र, जनकपुरधाम । महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को थप तिन जना नायँ संक्रमित वीरगञ्जको छपकैयामा भेटिएपछी प्रदेश नं. २ मा शुरक्षासतर्कता बढाईएको छ ।
प्रदेश नं. २ सरकारले वीरगञ्ज महानगरपालिका छपकैया क्षेत्रलाई पूर्ण रूपले सिल गर्ने निर्णय गरेको छ । भारतको उत्तर प्रदेशबाट एक साता अगाडीमात्र वीरगञ्ज आएका ति संक्रमितहरु छप्कैयाको एक मस्जिदमा बसेका थिए । सो क्षेत्रका थप व्यक्ति संक्रमित हुन सक्ने अवस्था आउन नदिन प्रदेश नं. २ सरकारले पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. ३ छपकैयास्थित मस्जिद र उक्त आसपासको क्षेत्रलाई पूर्ण रूपले सिल गर्ने निर्णय गरेको हो ।
उक्त क्षेत्रमा आवतजावत समेत बन्द गरी त्याहाँका मानिसहरुको कोरोना संक्रमण परीक्षण गर्ने कामलाई तीव्र बनाईएको प्रदेश नं. २ का समाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
वीरगञ्ज छपकैयाको एक मस्जिदमा बस्दै आएका २४ जनाको स्वाब परीक्षण गर्दा तीन जना भारतीयमा कोरोना संक्रमण रहेको पुष्टि भएको हो ।