हल्दीबारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरी प्रहरीको नियन्त्रणमा

२ बैशाख । झापाको हल्दीबारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीले गिरीलाई शनिवार साँझ नियन्त्रणमा लिएको हो । उनीविरुद्ध जातीय भेदभाव तथा अपमान सम्बन्धी व्यवहार कसुरमा जोहेरी दर्ता भएको थियो ।

जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेलले गिरीविरुद्ध इप्रका अनारमनीमा चैत २८ गते जाहेरी दिएका थिए ।
सोही जोहरीका आधारमा प्रहरीले गिरीलाई बिर्तामोडबाट नियन्त्रणमा लिइएको झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

पूर्व उपाध्यक्ष गिरीले जिसस झापाका पूर्व प्रमुख पोर्तेललाई टेलिफोन संवादमार्फत जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ आकर्षण हुने गरि अभिव्यक्ति दिएका थिए ।

चैत १८ गते हल्दिवारीमा पार्टीको बैठक सकेर फर्किएका पोर्तेललाई गिरीले फोनबाट गालीगलौच गर्दै जातीय विभेद, अपमान हुने गरी अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270