मियामी च्याम्पियन्स कपको क्वार्टरफाइनलबाटै बाहिरियो

मियामी च्याम्पियन्स कपको क्वार्टरफाइनलबाटै बाहिरियो

२९ चैत । इन्टर मियामी कोनकाकाफ च्याम्पियन्स कपको क्वार्टरफाइनलबाटै बाहिरिएको छ।

बिबीभिए रंगशालामा बिहीबार सम्पन्न क्वार्टरफाइनलको दोस्रो लेगमा मियामी घरेलु टोली मोन्टेरेसँग ३–१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।

पहिलो लेगमा मियामी घरेलु मैदानमै २–१ गोल अन्तरले पराजित भएको थियो। मोन्टेरेका ब्रान्डन भाजक्वेज, जर्मन बर्टेरम, जिसस ग्यालार्डाेले १र१ गोल गरे। मियाका लागि डिएगो गोमेजले एक गोल फर्काए।

खेलको ३१औँ मिनेटमा भाजक्वेजको गोलमार्फत मोन्टेरेले अग्रता लिएको थियो। ५८औँ मिनेटमा बर्टेरमले मोन्टरेको अग्रता दोब्बर बनाए । ६४औँ मिनेटमा ग्यालार्डाेले गोल गर्दै मोन्टेरेको अग्रता ३–० मा पुर्‍याए।

७८औँ मिनेटमा जोर्डी अल्बाले दोहोरो पहेँलो कार्ड ब्यहोर्दै मैदान छाडेपछि मियामी १० खेलाडीमा समेटियो। निर्धारित समय सकिन ५ मिनेट बाँकी रहँदा गोमेजले गोल गरेपनि मियामीलाई हारबाट जोगाउन सकेनन्।

प्रतिक्रिया:

सम्बन्धित खवर