च्याम्पियन्स लिगः बोरुसिया डर्टमन्ड एट्लेटिको मड्रिडसँग पराजित

च्याम्पियन्स लिगः बोरुसिया डर्टमन्ड एट्लेटिको मड्रिडसँग पराजित

२९ चैत । स्पेनिस क्लब एट्लेटिको मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वार्टरफाइलनको पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमन्डलाई पराजित गरेको छ।

सिविटास मेट्रोपोलिटानोमा सम्पन्न खेलमा घरेलु टोली एट्लेटिकोले डर्टमन्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो। एट्लेटिकोको जितमा आर डी पल र लिनोले १र१ गोल गरे। डर्टमन्टका सेबास्टियन हलरले १ गोल फर्काए।

खेलको चौथो मिनेटमै पलले घरेलु टोलीलाई अग्रता दिलाएका थिए। ३२औँ मिनेटमा एन्टोनी ग्रिजम्यानको पासमा गोल गर्दे लिनोले अग्रता दोब्बर बनाए।

८१औँ मिनेटमा हलरले डर्टमन्टका लागि गोल गरेका थिए। तर, त्यो गोल डर्टमन्टका लागि सान्त्वना रह्यो। जितपछि एट्लेटिकोले अन्तिम चारको सम्भावना बलियो बनाएको छ।

प्रतिक्रिया:

सम्बन्धित खवर