च्याम्पियन्स लिगः पीएसजीविरुद्ध बार्सिलोनाको रोमाञ्चक जित

च्याम्पियन्स लिगः पीएसजीविरुद्ध बार्सिलोनाको रोमाञ्चक जित

२९ चैत । स्पेनिस क्लब बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वार्टरफाइलनको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)विरुद्ध रोमाञ्चक जित हासिल गरेको छ।

पार्क डेस प्रिन्सेस मैदानमा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोली पीएसजीविरुद्ध ३–२ गोल अन्तरको रोमाञ्चक जित हासिल गरेको हो। पाहुना टोली बार्सिलोनाका लागि राफिन्हाले २ रआन्द्रेस क्रिस्टेन्सनले १ गोल गरे। पीएसजीको लागि औसमाने डेम्बेले र भिटिन्हाले १,१ गोल गरे।

खेलको ३७औँ मिनेटमा राफिन्हाले बार्सिलोनालाई शुरूआती अग्रता दिलाएका थिए। तर, ४८औँ मिनेटमा डेम्बेले गोल गर्दै पीएसजीलाई खेलमा फर्काए।

त्यसको तीन मिनेटपछि फाबियन रुइजको पासमा भिटिन्हाले गोल गर्दै पीएसजीलाई २–१ को अग्रता दिलाए।

तर, ६१औँ मिनेटमा पेड्रीको पासमा राफिन्हाले गोल गर्दै बार्सिलोनलाई खेलमा फर्काए। ७७औँ मिनेटमा इल्के गुन्डागेनको पासमा आन्द्रेसले गोल गर्दै बार्सिलोनालाई ३–२ को जित दिलाए।

जितपछि बार्सिलानाले अन्तिम चारको सम्भावना बलियो बनाएको छ। अब दोस्रो लेग बार्सिलोनाको घरेलु मैदानमा अर्काे साता हुनेछ।

प्रतिक्रिया:

सम्बन्धित खवर