इलाम–२ उपनिर्वाचनमा परिवार दलले सुहाङ नेम्वाङलाई समर्थन गर्ने

२८ चैत । आगामी वैशाख १५ गते इलाम–२ मा हुने उपनिर्वाचनमा नेपाल परिवार दलले नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्ने भएको छ।

दलको वरिष्ठ उपाध्यक्ष एवम् दलको कोशी प्रदेश समितिका संयोजक विनोद डाँगीले प्रेस विज्ञप्ति जारी गर्दै दलको इलाम नेतृत्व सदस्य, शुभेच्छुक, समर्थक तथा सम्पूर्ण मतदातालाई सूर्य चिन्हमा मतदान गर्न आह्वान गरेका हुन्।

परिवार दलले २०७४ को निर्वाचनबाटै नेकपा एमालेलाई समर्थन गर्दै आएको थियो। दलले एमालेको निर्वाचन चिन्हबाट उम्मेदवारी दिँदै आएको छ। २०७९ को निर्वाचनमा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई एमालेले समानुपातिकको बन्दसूचीमा खस–आर्य पुरुषतर्फ प्राथमिकता साथ दुई नम्बरमा राखेको थियो।

एमालेको मतबाट उनी समानुपातिक सांसद समेत बनेका छन्। नेकपा एमालेका नेम्वाङलाई नेकपा माओवादी केन्द्र, नेकपा कम्युनिष्ट पार्टीले सर्मथन गरेका छन्।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270