२६ चैत, जनकपुरधाम । जनकपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ ।
महोत्तरीको एकडाडा गाउँपालिका बस्ने वर्ष २० का प्रिन्स कुमार महासेठको हत्या भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवालेले बताए।
उनका अनुसार जनकपुरधाम उपमहानगरपालिका विश्वकर्मा चौक नजिक डेरामा आज दिउँसो १२ बजेतिर शौचालयभित्र महासेठको हत्या भएको हो ।
हत्या आशंकामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय गणेश साहका छोरा २४ वर्षीय अर्जुन कुमार साह रहेको प्रहरी स्रोतले जनाएको छ ।
पक्राउ परेका उनीमाथि र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।