२४ चैत । एमेरिकर लापोर्टेको निर्णायक गोलमा अल नासारले साउदी प्रो लिगमा संघर्षपूर्ण जित हासिल गरेको छ।
प्रिन्स सुल्तान बिन अब्दुल अजिज स्टेडियममा शुक्रबार राति सम्पन्न खेलमा अल नासारले दामाक एफसीलाई १–० ले पराजित गरेको हो।
अल नासरको जितमा लापोर्टेले गरेको गोल नै निर्णायक रह्यो। उनले खेलको दोस्रो हाफको इन्जुरी सयमको पहिलो मिनेटमा मार्सेलो ब्रोजोभिकको पासमा गोल गरेका थिए।
यसअघि लगातार दुई खेलमा ह्याट्रिक गरेका कप्तना क्रिस्टियानो रोनाल्डाले भने गोल गर्न सकेनन्।
जितसँगै अल नासरले २७ खेलबाट ६५ अंक जोडेको छ। अल नासार अंक तालिकामा दोस्रो स्थानमा छ। समान खेलबाट ७७ अंक रहेको अल हिलाल शीर्ष स्थानमा छ।