गाजामा राहत सामग्री बोकेको टोलीमाथि इजरायलको आक्रमण हुँदा ७ जनाको मृत्यु

गाजामा राहत सामग्री बोकेको टोलीमाथि इजरायलको आक्रमण हुँदा ७ जनाको मृत्यु

२१ चैत । गाजाका युद्ध प्रभावितहरुलाई खाद्यान्न र पानी पुर्‍याएर सहयोग गर्दै आइरहेको संस्था वल्र्ड सेन्ट्रल किचनका कर्मचारीहरुमाथि आक्रमण हुँदा सात जनाको मृत्यु भएको छ ।

इजरायली सेनाले गरेको यो आक्रमणपछि वल्र्ड सेन्ट्रल किचनले सहायता बन्द गरेको छ ।

इजरायलका प्रधानमन्त्री आफैंले यो घटनाको पुष्टि गर्दै सेनाबाट गल्ती भएको स्वीकार गरेका छन् ।

खानेकुरा लगायत अत्यावश्यक राहत सामग्री लगेर गइरहेकाहरुमाथि आक्रमण भएको र आफ्ना सात जना कर्मचारीहरु मारिएको वल्र्ड सेन्ट्रल किचनले जनाएको छ ।

बीबीसीका अनुसार उनीहरुमाथि इजरायली सेनाले हवाई आक्रमण गरेको थियो । वल्र्ड सेन्ट्रल किचनका कर्मचारीहरु तीनवटा गाडीमा थिए । ती तीनवटै गाडी हमलामा परेका थिए । बीबीसीले सार्वजनिक गरेको घटनास्थलको फोटोमा एउटा गाडीको छतमा ठूलो भ्वाङ परेको देखिन्छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायली सेनाको गल्तीले गाजामा निर्दाेष व्यक्ति मारिएको जनाएका छन् । उनले युद्धको क्रममा कहिलेकाहीं यस्तो हुने भन्दै अब फेरि यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर