सशस्त्र प्रहरी दिवशको अवसरमा मुसहर समुदायकी वालिकालाई छात्रावृत्ति

सशस्त्र प्रहरी दिवशको अवसरमा मुसहर समुदायकी वालिकालाई छात्रावृत्ति

२० चौत्र, झापा । सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाले गौरीगञ्ज गाउँपालिका ४ की रानी रिषिदेवलाई ए.पि.एफ स्कूलमा कक्षा १० सम्म निशुल्क अध्ययन गर्ने छात्रावृत्ति प्रदान गरेको छ । सशस्त्र प्रहरी दिवश २०८० को अवसरमा स्थानीय स्तरबाट सिफारिस भए बमोजिम मुसहर समुदायकी अतिविपन्न परिवारका बुबा आमा समेत गुमाएकी हाल दिदिभिनाजुसँग बस्दै आएकी गौरीया प्रा. वि.मा कक्षा ३ मा अध्ययनरत रानी रिषिदेवलाई निशुल्क अध्ययन गर्ने छात्रावृत्ति प्रदान गरिएको हो ।

सोमवार एक कार्यक्रमको आयोजना गरी प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा विभागका विभागीय प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौड्यालले छात्रावृत्ति प्रदान गरेको सशस्त्र प्रहरी बल नेपाल नं २ गणले जानकारी दिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेलले सशस्त्र प्रहरीलाई प्राप्त कार्यदेश मध्ये देशको अन्तराष्ट्रिय सीमानाको सुरक्षा गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखी कार्य सम्पादन गर्दै आइरहेकोमा यसलाई थप प्रभावकारी बनाउन सीमावासी जनतासँग सचेतना, अन्तर्क्रिया, सीपमुलक तालिम लगायात कल्याणकारी कार्यक्रमहरु संचालनमा ल्याईएको बताए । यस्ता कार्यक्रमले नागरिकसँगको निरन्तर सम्पर्क र समन्वय हुनुका साथै राजश्व चुहावट तथा सीमा अपराध नियन्त्रण गर्न सहज हुने र सीमा सुरक्षामा समेत प्रभावकारिता आउने उनले बताए । त्यसैले सशस्त्र प्रहरीले सीमाबासीसँग सशस्त्र प्रहरी कारकार्यक्रम संचालनमा ल्याईृएको उनले बताए ।

कार्यक्रममा प्रमुख अतिथि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौड्यालले अति विपन्न २०० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा विद्यालयलाई खेलकूद सामग्री वितरण गरेका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाका गणपति सशस्त्र प्रहरी उपरिक्षक कविन्द्र राईले आफ्नो दुई छोरीको साथमा संगठनको अभिभावकत्वमा फेरी एउटा छोरी थपिएको बताएका थिए । सीमा क्षेत्रमा बसोबास गर्ने विपन्न परिवारका जेहेन्दार विद्यार्थीलाई छात्रावृत्ति प्रदान गर्न पाउदा अत्यन्तै सुखी लागेको उनले बताएका थिए । छात्रावृति पाउने विद्यार्थीको शैक्षिक उन्नतिको कामना गर्दै सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत सीमा क्षेत्रमा जिल्ला सुरक्षा समितिका पदाधिकारी लगायत स्थानीय बासीसँग संयुक्त पैदल यात्रा गरिएको गणपति राईले जानकारी गराएका थिए ।

कार्यक्रमको अर्को चरणमा स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित सरोकारवाला निकायहरु उद्योग वणिज्य संघका प्रतिनिधिहरु, संचारकर्मी तथा विभिन्न राजनितिक दलका प्रतिनिधिहरु राजश्व चुहावट नियन्त्रण, सीमा अपराध नियन्त्रण सम्बन्धि विषयहरुमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर