एडिडासले जर्मनीको ४ र ४४ नम्बरको जर्सी बिक्री नगर्ने

एडिडासले जर्मनीको ४ र ४४ नम्बरको जर्सी बिक्री नगर्ने

२० चैत । जर्मन फुटबल महासंघ र एडिडासले ४ र ४४ नम्बरको जर्सी बिक्री नगर्ने भएको छ। महासंघ र एडिडासले ४ र ४४ नम्बर नाजी पार्टीको कुख्यात एसएस अर्धसैनिकको लोगोसँग मिल्दोजुल्दो भएको भन्दै जर्सी बिक्री रोकेको हो।

जर्मनीले जुन–जुलाईमा युरोपियन च्याम्पियनसिपको आयोजना गर्नुअघि नयाँ जर्सी लन्च गरेको थियो। उक्त जर्सी गत महिना फ्रान्सविरुद्धको मैत्रीपूर्ण खेलमा लगाइएको थियो।

लेखिएको ४ र ४४ नम्बरको आलोचना भएपछि एडिडासले सोमबार सबै जर्सी फिर्ता लिने निर्णय गरेको थियो। त्यसपछि महासंघले आफ्नो अनलाइन सपबाट ४ र ४४ नम्बरको जर्सी बिक्री रोकेको छ। आफ्नो साझेदार ११ टिमस्पोर्ट्सँग मिलेर नम्बर ४ को लागि वैकल्पिक डिजाइन खोजिरहेको महासंघले बताएको छ।

ुसंलग्न कुनै पनि पक्ष जर्सी डिजाइनको विकास प्रक्रियामा नाजी प्रतीकवादसँग निकटता देखेन,ु महासंघले ट्वीटरमा भनेको छ।

४ र ४४ नम्बर नाजी पार्टीको शुट्जस्टाफेल समूहले प्रयोग गरेको स्टाइलाइज्ड एसएससँग मिल्दोजुल्दो रहेको भन्दै आलोचना भइरहेको छ। एसएसले दोस्रो विश्वयुद्धको दौडान नागरिकहरूको सामूहिक हत्या गरेको बताइन्छ।

एसएस प्रतीक आजपनि जर्मनीमा प्रतिबन्धित छ। एडिडासका प्रवक्ता ओलिभर ब्रुगेनले जर्सीमा नाम र नम्बरहरूको डिजाइनको लागि महासंघ र उसको साझेदार ११ टिमस्पोर्ट् जिम्मेवार रहेको बताएको छ।

प्रतिक्रिया:

सम्बन्धित खवर