१९ चैत । लिग लिडर रियल मड्रिडले स्पेनिस ला लिगामा एथलेटिक क्लबलाई पराजित गरेको छ।
सान्टियागो बर्नाबेउ स्टेडियममा आइतबार राति सम्पन्न खेलमा घरेलु टोली रियलले एथलेटिकलाई २–० गोल अन्तरले पराजित गरेको हो।
रियलको जितमा दुवै गोल रोड्रिगोले गरे। उनले खेलको ८ र ७३औँ मिनेटमा गोल गरेका थिए। जितसँगै शीर्ष स्थानको रियलले ३० खेलबाट ७५ अंक जोडेको छ।
पराजित एथलेटिक समान खेलबाट ५६ अंकसहित चौथो स्थानमा छ।