बिर्तामोड नगरका २ हजार परिवारको निःशुल्क स्वास्थ्य वीमा

बिर्तामोड नगरका २ हजार परिवारको निःशुल्क स्वास्थ्य वीमा

१९ चैत, झापा । झापाको बिर्तामोड नगरपालिकाले गरिव तथा विपन्न परिवारका लागि २ हजार परिवारको स्वास्थ्य वीमा गरेको छ । स्वास्थ्य वीमा कार्यक्रम मार्फत नगरपालिकाले दुई पटकमा २ हजार परिवारको बीमा गरेको वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले जानकारी दिनुभयो ।

पहिलो चरणमा हरेक वडाबाट १–१ सय परिवारको बीमा गरिएको थियो । दोस्रो चरणमा थप १–१ सय परिवारको बीमा गरिएको तिम्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा १ हजार परिवारको स्वास्थ्य बीमा गरिएको थियो । नगरपालिकाका अनुसार निशुल्क स्वास्थ्य बीमा कार्यक्रममा जोडिने परिवारको संख्या प्रति वडा २–२ सय पुगेको छ ।

अघिल्लो कार्यकालमा ३५ लाख र चालु आर्थिक वर्षमा ३५ लाख गरेर जम्मा ७० लाख बजेट व्यवस्था गरिएको थियो । नगरपालिकाले विपन्न परिवारलाई लक्षित गरेर निशुल्क स्वास्थ्य बीमा गरेको तिम्सिनाले बताउनुभयोे । बीमा गरेका हरेक परिवारले १ लाख बराबरको उपचार सेवा प्राप्त गर्नेछन् । आगामी वर्षहरुमा पनि निशुल्क बीमा गर्दै जाने बताइएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर